चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलोमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार नारायणगढबाट लम्जुङ तर्फ जाँदै गरेको ग १ ख ४१४० नं.को बस विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिको पहिचान दुलेको छैन । दुबै सवारी साधन र बस चालक लमजुङको बेशीसहर नगरपालिका ११ घर भएका २७ वर्षीय मनबहादुर बि।कलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply