चितवन । एटुजेड समाचार डटकमद्वारा आयोजित तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।
आइतबार भरतपुर ७ स्थित होटल पौवामा ‘हरितालिका तीजः पर्व कि प्रदर्शन’ ? विषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा सञ्चारकर्मी कल्पना आचार्य प्रथम भएकी छन् । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्।
यस्तै पत्रकार दिप्ती विश्वकर्मा तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने सिन्धु ढकाल सान्त्वना भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।
आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दुर्गाकुमारी रेग्मी, यात्री छिदाल, सूचना गुरुङ, सुधा देवकोटा, कमला गुरुङ, कल्पना आचार्य, आशा खरेल श्रेष्ठ, सुजिता हमाल, दीप्ति विश्वकर्मा, सुनिता सुवेदी, शिला पाठक, सिन्धु ढकाल, सविता श्रेष्ठ, सुरक्षा बराल, संगीता पन्त, बन्दना देबकोटा, करुणा देवकोटा, शारदा पौडेल, ईश्वरी सिं, विष्णु गौतम, पुनम थापा मगर, बसुन्धरा गौतम, खेमकुमारी श्रेष्ठ, सविता अधिकारी र बिरन्जना घिमिरे रहेका थिए ।
सो कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. एकनारायण पौडेल, कालिका संस्कृती विद्यापिठ गैंडाकोटका प्राचार्य केशव चालिसे र नेपाली लेखक संघका अध्यक्ष शान्ती शर्मा रहेका थिए ।
एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply