काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगमा नेपालकी प्रीति राईले एक गोल गरेकी छन् ।
जोर्डनको इतिहाद क्लबबाट खेलिरहेकी प्रीतिले मलेसियाको केलान युनाइटेडविरुद्ध गोल गरेकी हुन् ।
समूह चरणको अन्तिम खेलको ६८औँ मिनेटमा प्रीतिले गोल गरिन् । सिडालिया कुटाले दिएको क्रसलाई प्रीतिले पोस्टको दिशा दिएकी थिइन् । इतिहादबाट उनले पहिलो गोल गरेकी हुन् ।
उक्त खेलमा इतिहादले केलान युनाइटेडलाई ४-० ले पराजित गर्यो ।

Leave a Reply