विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार सम्वद्ध संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ ।
कोशी प्रदेशसभा बैठकमा आइतबार बोल्दै सो पार्टीका सांसद दुर्गाप्रसाद् चापागाईंले पत्रकार र सञ्चार सम्वद्ध सस्थाका आवज सुन्न र उनीहरुका माग सम्बोधन गर्न माग गरे ।
कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा प्रस्तुत गरेको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै पत्रकार महासंघ आन्दोलनमा छ ।
‘प्रदेश आमसञ्चार विधेयक विचाराधीन अवस्थामा छ । प्रदेश भरिका सञ्चारकर्मीरपत्रकारहरु यसका विरुद्धको संघर्षमा छन्’, चापागाईंले भने, ‘म सरकारलाई पत्रकार महासंघ र सञ्चारकर्मीका आवाज सुन्न र माग सम्बोधन गर्न आग्रह गर्दछु ।’
उनले आमसञ्चार विधेयकमा विवाद जारी रहेको र सरकारी कामकाजको भाषासम्बन्धी विधेयक अलपत्र अलपत्र छाडेर प्रदेशसभाको जारी सातौं अधिवेशन अन्त्य गर्न उद्धत रहेको बताए ।
सत्तारुढ काँग्रेस र एमाले संघमा मात्र नभई प्रदेशमा पनि सरकार सञ्चालनमा असफल साबित भइसकेको दाबी उनले गरे । उनले प्रतिपक्षी दलका हैसियतमा राम्रो कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै संसद छलेर नभाग्न चुनौती दिए ।
‘संसद् छल्न होइन, नयाँ नयाँ बिजनेस क्रेट गर्नमा लाग्नुहोस् तपाईंहरुलाई रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरु तयार छौं । अन्यथा तपाईंहरुको असमक्षता र असफलताको भागिदार बन्न तयार छैनौं’, चापागाईंले भने ।

Leave a Reply