५९ वर्षे उमेर यसै आर्थिक वर्षबाट लागू गर्न खोजिएकोमा कर्मचारी युनियनको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती ऐन जारी भएकै आर्थिक वर्षमा उमेर हद कायम हुनेगरी राष्ट्रिय सभाको विधायन व्यवस्था समितिमा भइरहेको छलफलप्रति आपत्ति जनाएको छ ।

५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने हालका बहालवाला मुख्यसचिव र सचिवहरुको स्वार्थमा यसै वर्षदेखि ५९ वर्ष कायम हुनेगरी लागू गर्न खोजिएकोमा युनियनले आपत्ति जनाएको हो ।

म्हासचिव जनकवहादुर रावलले विज्ञप्ति जारी गर्दै केही समूहको स्वार्थको लागि बहुसंख्यक कर्मचारीहरु पीडित हुनेगरी कानून निर्माण नगर्न चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ–अवकास हुने कर्मचारीहरुको उमेर हद तत्काल बढाउँदा यसका थुप्रै नकारात्मक असरहरु सेवाको बृतीप्रणाली र सेवा प्रवाहमा देखिन जान्छ । यो व्यवस्था लागु भएमा यसर्ष कर्मचारीहरुको अवकास नहुने हुँदा दरबन्दी रिक्त नहुने र लोकसेवा आयोगले खुला प्रतिस्पर्धा र बढुवाबाट कर्मचारी भर्ना गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ । यसबाट लामो समयदेखि लोकसेवा तयारी गरेका लाखौं युवा र लामो समयदेखि सेवारत कर्मचारी बढुवा हुन नपाएर प्रभावित हुनेछन् ।

युनियनले निजामती विधेयक प्रतिनिधि सभाले पारित गरे बमोजिम नै हुनुपर्ने माग गरेको छ । प्रतिनिधि सभाले पारित गरेको विधेयकमा कानून बनेको अर्को आर्थिक वर्षमा ५९ वर्ष र त्यसपछि ६० वर्ष उमेर हद लागु हुने व्यवस्था छ ।

Comments

2 responses to “५९ वर्षे उमेर यसै आर्थिक वर्षबाट लागू गर्न खोजिएकोमा कर्मचारी युनियनको आपत्ति”

  1. ksp pyl Avatar
    ksp pyl

    युनियनहरू विशुद्व दलाली गर्न सिवाय केही जान्दैनन् ।

  2. हरिहर Avatar
    हरिहर

    यी आफ्नो व्यक्तिगत स्वार्थ मात्र बोलेका हुन् । अरूको हवाला दिनु व्यर्थ छ ।यी कथित संघ संगठन युनियन भन्ने संस्थामा नेतृत्व गर्ने व्यक्तिहरू अरूलाई देखाएर आफ्नो दुनो सोझाउने स्वार्थीहरूका लागि मात्र खोलिएका हुन्। यिनीहरूलाई जनताको सेवाको मतलब छ न त सोझा कर्मचारीको मतलब छ ।च यिनीहरुको २० वर्ष हुदा पनि बढुवा नहुने सेवा प्रति कुनै आवाज छैन । बढुवा हुनको लागि चाहिने सेवा बापत पाउने अङ्क होस वा दुर्गमबापत पाउने अङ्क होस १२ वर्ष पछि पाइन्न भन्ने जानकारी छ त ? के यिनीहरूलाई बढुवा हुँदा तलब घट्छ भन्ने थाहा छ ? पेन्सन रकम कम हुन्छ भन्ने कुरा यिनलाई के थाहा ? सोझा कर्मचारीले दुर्गम जान्छु भने पनि पाउदैनन । तर सेटिङ मिलाएर सरुवा बढुवा हुने यिनै नेतृत्वमा बस्ने हुन् । ग्रेडको सीमा किन चाहियो? यो बढुवा नभए सम्म दिए के बिग्रन्छ ? यस्ता कुराको हेक्का छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *