बानेश्वरमा झलनाथ-घनश्याम पक्षका नेताको बेग्लै भेला

काठमाडौं । नेकपा (एस) का झलनाथ-घनश्यामपक्षीय नेताको अलग्गै भेला शान्तिगरस्थित बानेश्वर क्याम्पसमा सुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपालको कार्यशैली निरंकूश भएको र नेपालको पक्षमा नलागेका नेता, कार्यकर्ता जिम्मेवारीविहीन हुने, भएको जिम्मेवारी पनि खोसिनेजस्ता घटना बढेपछि उक्त भेलाको आयोजना गरिएको सहभागी एक नेताले बताए ।

गत साता तोकिएको बैठक अध्यक्ष नेपालले मनोमानीपूर्वक सारेको र पार्टीभित्र वैचारिक तथा कार्यशैलीगत विषयमा बहस र छलफललाई निषेध गरिएपछि अगामी रणनीति बनाउन उक्त भेला आयोजना गरिएको ती नेताले बताए ।

भेला पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाईमा भएको हो ।

उक्त भेलामा उपाध्यक्ष जयन्ती राई, उपमहासचिव गरिमा शाह, पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, युवा संघका पूर्वअध्यक्ष तथा पोलिट्व्युरो सदस्य नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउँदलगायतको उपस्थिति छ ।

बैठकमा डा.बिजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला,हिरेन्द्र शाहीलगायत सहभागी छन् ।

Comments

One response to “बानेश्वरमा झलनाथ-घनश्याम पक्षका नेताको बेग्लै भेला”

  1. Dhaka Ram Avatar
    Dhaka Ram

    यस्तो पार्टीमा नि पदको हानथाप चल्दो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *