काठमाडौं । सरकारले यही असोज १ देखि निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई अनिवार्य गरेको छ ।
२०८२ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालयहरूबाट २०८२ असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर गरिएको छ । जनस्तरबाटै विरोध भएपछि विभागले केही दिनअघि विज्ञप्ति निकाल्दै केही प्रष्टीकरण दिएको थियो ।
अहिले अधिकांश सवारी साधनमा हातले लेखिएको परम्परागत नम्बर प्लेट प्रयोग हुँदै आएको छ, जसलाई सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भई विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढेसँगै यसको नियन्त्रणका लागि पनि इम्बोस्ड नम्बर सही विकल्प रुपमा इम्बोस्ड नम्बर रहेको छ ।
इम्बोस्ड नम्बर प्लेटमा रहेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन टेक्नोलोजी (आरएफआईडी) चिपले सवारीसाधनको गतिविधि ट्रयाक गर्न मद्दत गर्ने हुँदा, यदि गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन र कुन सवारीसाधन कहाँ गइरहेको छ भन्ने वास्तविक प्राप्त गर्न पनि सहयोग पुर्याउँछ ।

यातायात व्यवस्था कार्यालय गुर्जुधारामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय समयभन्दा अगाडिबाटै सेवाग्राहीको भीड लाग्ने गरेको छ । दिनभर लाम लाग्दा पनि पालो नआउने भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
बैंकिङ कारोबार लगायत विभिन्न प्रक्रिया पूरा गर्नै घण्टौं समय लाग्ने गरेको भक्तपुरबाट आएका सेवाग्राही सीताराम हेम्बाले बताए । बिहान ९ बजे आएका उनी दिउँसोको २ बज्दा सम्म पनि काम नसकिएको गुनासो गर्छन् ।
त्यस्तै बसुन्धाराबाट आएका अर्का सेवाग्राही राजु उपाध्याय नम्बर प्लेट लिने एउटा ठाउँ र त्यसको स्ट्यान्ड र स्क्रु लिने अर्को ठाँउ जानु पर्ने र इम्बोस्ड नम्बर प्लेटको बीलसमेत नदिएको उनको गुनासो गर्छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इम्बोस्ड डिजिटली रिडेबल हुने भएकाले सवारीसाधनको तथ्याङ्क व्यवस्थापन गर्न र सोही अनुसार नीति बनाउन पनि यसको फाइदा रहेको उनले जनाए ।
सेवाग्राहीसँग कुराकानी र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यसमा प्रयोग गरिएका अक्षर र अंक फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेटबाट अनुगमन तथा तथ्याङ्क संकलन गर्न सकिने बताए ।
परम्परागत सवारीसाधन प्रयोग गरिएका हातले लेखिएका नम्बर प्लेट चोरी भए सजिलै नम्बर प्लेट फेर्न सकिने र ती सवारीसाधनहरू आपराधिक कार्यमा प्रयोग हुन सक्ने सम्भावना बढ्ने भएकाले गाडीको ट्रयाकिङ गर्न सकिने र सबै गाडीमा एकरूपता ल्याउन सकिने इम्बोस्डको अवधारणा ल्याइएको उनले सुनाए ।

‘एकपटक जडान गरेपछि निकाल्न नमिल्ने हुनाले पनि सवारी चोरी गरेर चलाउन असम्भव जस्तै रहन्छ’, उनी भन्छन् ।
हाल इम्बोस्ड नम्बर प्लेटको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) ट्रयाक पढ्न काठमाडौंको नागढुंगा र माछापोखरी क्षेत्र (नुवाकोट जाने) जडान गरिएको छ भने काठमाडौंमा थप दुई ठाउँमा गेट बनाउने काम भइरहेको छ ।
काठमाडौं उपत्यका बाहेक वीरगञ्ज, पोखरा, बुटवललगायत १० ठाउँमा (आरएफआईडी) गेट जडानको योजना छ । यसबाट गाडीको आवागमन ट्रयाक गर्न सजिलो हुनेछ ।
अहिले सम्पूर्ण यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहेका कारण सेवाप्रवाहलाई सहज बनाउनका लागि काम भई रहेको उनले जानकारी दिए ।

तस्बिर : एनपीएल ।

Leave a Reply