सुर्खेतमा अनैतिक क्रियाकलापमा संलग्न १३ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा विभिन्न होटलबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, सार्वजनिक स्वास्थ्य, सुरक्षा र सामाजिक नैतिकताविरुद्धका गतिविधिमा संलग्न भएको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगर–६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लज, आँगन होटल र घिमिरे होटलमा छापा मारेको थियो। सो क्रममा होटल सञ्चालकसहित १३ जना रंगेहात पक्राउ परेका हुन्।

प्रहरीले नियन्त्रणमा लिनेहरूमा दैलेख, जाजरकोट, डोल्पा, अछाम, कालिकोटसहितका विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्। पक्राउ परेका मध्ये केही होटल सञ्चालक समेत छन्।

नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले भूमिका रेन्टुरेन्ट एन्ड लजका सञ्चालक दैलेखको नौमुले गाउँपालिका–१, बस्ने वर्ष ५२ को भक्तिराम जैशी, सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–३, बस्ने वर्ष २६ को कविप्रसाद पौडेल, जाजरकोट जिल्ला घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर बस्ने २६ वर्षीया दीक्षा ठकुरीसँगै वीरेन्द्रनगर–६, स्थित आँगन होटलबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, बस्ने २० वर्षको मनचन्द्र सार्की, सोही ठाउँकी १९ वर्षीया मनरुप सार्की, वर्ष १९ को कृष्ण सार्की तथा दैलेख गुराँस गाउँपालिका–३, बस्ने १९ वर्षीया हिमा बुढा क्षेत्रीलाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ बस्ने ३४ वर्षीया देविका शाही एवं सुरेश होटल सञ्चालक सुर्खेतको बराहाताल गाउँपालिका–४ बस्ने २१ वर्षLया अमृता मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

त्यस्तै घिमिरे होटल सञ्चालक वीरेन्द्रनगर नगरपालिका–६, का २७ वर्षLय कृष्णबहादुर घिमिरे, त्यहीँबाट अछामको साँफेवगर नगरपालिकाका ४५ वर्षीय लोकबहादुर दियाली, १७ वर्षीया रितु थापा र कालिकोटको सान्नीत्रीवेणी गाउँपालिका–७, बस्ने वर्ष १५ को सञ्जु विश्वकर्मा रहेको प्रहरीको भनाइ छ ।

हाल उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *