भूमि विधेयकविरुद्ध संघीय लोकतान्त्रिक मोर्चा पनि सडकमा

काठमाडौं । मधेश केन्द्रित दलहरू सम्मिलित संङ्घीय लोकतान्त्रिक मोर्चा भूमि विधेयक विरुद्ध सडकमा उत्रिएको छ । नवलपरासी पश्चिममा भूमि विधेयक मधेश विरोधी भएको भन्दै मोर्चाले प्रदर्शन गरेको हो ।

भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित रहेको मोर्चाको निष्कर्ष छ ।

वन जङ्गल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने गरी सरकारले ल्याउन लागेको भूमिसम्बन्धी विधेयकको ल्याएको भन्दै मोर्चा असन्तुष्ट बनेको थियो ।

तराईरमधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जङ्गल र भूमिको रक्षा गर्न भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ भन्दै मोर्चामा आबद्ध दलका नेताहरू सडकमा निस्किएका हुन् ।

त्यसो त मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि भूमि विधेयकविरुद्ध देशभर प्रदर्शन गरिरहेको छ ।

Comments

One response to “भूमि विधेयकविरुद्ध संघीय लोकतान्त्रिक मोर्चा पनि सडकमा”

  1. ksp pyl Avatar
    ksp pyl

    तराईका गरिवका जग्गा हडपेर तिनलाई घरवारविहिन बनाईदिने र सरकारी जग्गा हडप्नेहरू सडकमा आएर गाईजात्रा देखाएको किन नि ? गरिवले जग्गा पाउने भए भनेर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *