कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर भन्छन्- पार्टी सभापति बन्ने हो, प्रधानमन्त्री बन्ने होइन

रूपन्देही । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राठौरले आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अभिव्यक्ति दिँदै यस्तो घाेषणा गरेका हुन् । मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न सक्षम र योग्य नेतृत्व आफू मात्र रहेकाे उनको दावी थियाे ।

सभापति शेरबहादुर देउवाको साथ सहयोग रहने विश्वास व्यक्त गर्दै उनले भने, ‘म प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले होइन, कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहन्छु । कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन् ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिवद्धता दोहोर्याए ।

सत्ता समीकरणबारे प्रश्न उठाउँदै उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताए ।

एमालेको प्रतिबद्धताप्रति आंशिक अविश्वास प्रकट गर्दै उनले भने, ‘इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *