काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय अभ्यास म्याचमा साउथ अष्ट्रेलियालाई हराएको छ ।
नेपाललाई २ विकेटको रोमाञ्चक जित दिलाउन कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे ।
साउथ अष्ट्रेलियाले दिएकाे २४३ रनकाे लक्ष्य नेपालले दुई विकेट र ५ बल बाँकी छँदा भेट्याे । १० औ नम्बरमा आएका साेमपाल कामीले राेहितलाई साथ दिँदै अविजित ३८ रन जाेडे ।
राेहित १०१ रनमा नटआउट रहे । नेपालले १६० रनमा ८ विकेट गुमाएकाे स्थितिबाट उकास्दै राेहित र नेपाललाई लक्ष्यसम्म पुर्याएका थिए। साउथ अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ४५ ओेभरमा २४२ रन बनाएकाे थियाे । नेपालका नन्दन यादव र साेमपाल कामीले ३-३ विकेट लिए

Leave a Reply