झलनाथलाई माधवको जवाफ- एमाले फुटाएर जायज गरेका छौँ, नत्र हाम्रो विजोक हुन्थ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीतिमा आफ्नो पार्टीको विशिष्ट भूमिका रहेको दाबी गरेका छन्। समाजवादी प्रेस सङ्गठनको बैठकलाई सम्बोधन गर्दै पार्टी निर्माणको लागि जनतामा जान पार्टीपंक्तिलाई निर्देशन दिए।

उनले भने, ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेको जिल्लामा अरू पार्टीलाई एक्लै पराजित परेका पनि छन्। कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ भन्दैछौं। सुदूरपश्चिममा पनि त्यस्तै छ। हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, मधेश प्रदेशले पनि त्यही भन्दैछ।’

उनले एमालेबाट विद्रोह गर्नेबेलामा सबैले साथ नदिएको भएपनि पार्टी निर्माणको लागि आँट गरेको स्मरण गरे।

उनले थपे, ‘हामीले त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कम्ताविजोक हुँदैनथ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन। कुनै अर्थ छैन। हामीले संविधान जोगायौँ, निरङ्कुशलाई चुनौती दिने काम पनि गर्‍यौँ। लोकतन्त्रको मूल्य र मान्यतालाई जोगाउने काम पनि गर्‍यौँ।’

उनले एमाले फुटाएर आफूहरूले जायज काम गरेको जिकिर गरे। सम्मानित नेता झलनाथ खनालले औचित्य पुष्टि नभएको बताइरहेको बेलामा त्यस्ता अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै जवाफ फर्काए।

उनले थपे, ‘यो कुनै निजी हित र स्वार्थको लागि होइन। अहिले पनि हाम्रो पार्टीको सम्भावना धेरै छ। त्यसमा सबैले अत्यन्तै मेहनत गर्नुपर्छ। अरू पार्टी पनि सङ्कटमा छन्, हामी सबैसँग संवाद गर्छौँ। कुनै पार्टीसँग विलीन हुँदैनौँ। जोसँग विचार, सिद्धान्त र नीति मिल्छ, त्यसपछि मात्रै पार्टी मिल्छ, अहिले हामी समाजवादी मोर्चालाई विस्तार गर्दैर्छौँ। सबै कुरा मिलेपछि वामपन्थी एकतालाई अगाडि बढाउँछौँ।’

Comments

One response to “झलनाथलाई माधवको जवाफ- एमाले फुटाएर जायज गरेका छौँ, नत्र हाम्रो विजोक हुन्थ्यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एमाले फुटाएको जायज नाजायज त जनताले भनिरहेका छन् नि । पार्टीको, आफ्नो कन्तबिजोग हुँदै गएको जायज भएर कि नाजायज ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *