सञ्चालनमा नआउँदै चिरा पर्न थाल्यो ‘भाइरल’ श्रीनगर बसपार्क

दाङ । सल्यानको श्रीनगर बसपार्क सञ्चालनमा नआउँदै चिरा पर्न थालेको छ ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा साढे ५ करोड लागतमा निर्माण गरिएको बसपार्क निर्माण सम्पन्न भएको केही महिनामै चिरा पर्न थालेको हो ।

सल्यानमा आधुनिक बसपार्क बनेको भनेर सामाजिक संजालमा व्यापक चर्चा पाएको श्रीनगर बसपार्क संचालनमा नआउँदै चिरा निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको देखिएको छ ।

शारदा नगरपालिकाले यहि भदौको अन्तिम हप्ता बसपार्क उद्घाटन गर्ने तयारी थालेको छ ।

निर्माण व्यवसायीको धरौटी जफत १३ महिनासम्म हुने भएकोले बिग्रिएको ठाउँमा निर्माण व्यवसायीलाई मर्मत गर्न लगाउने शारदा नगरपालिकाले जनाएको छ ।

९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्कभित्र ठूला तथा मध्यम सवारी साधानका लागि ३२ वटा स्टल छन् । बसपार्क परिसरमा ३४ वटा व्यावसायिक सटर छन् । मध्यम तथा साना किसिमका व्यवसाय चलाउन थप ३५ कोठा छन् ।

यसैगरी ५० वटा मोटरसाइकल राख्न मिल्ने स्टल बनाइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *