प्रधानमन्त्रीलाई बालेनको आग्रह- लिपुलेक हाम्रो हाे भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालकाे भूमि रहेकाे तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन् ।

बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई  चीन भ्रमणको शुभकामना दिँदै भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’

उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’

मेयर बालेनले यसपटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै चीन भ्रमणको अवसरमा नेपालको भूस्वाधीनताको मुद्दा उठाउनुपर्ने माग गरेका छन्।

Comments

One response to “प्रधानमन्त्रीलाई बालेनको आग्रह- लिपुलेक हाम्रो हाे भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतले नेपालको भूमि मिच्दा चुईक्क नबोल्ने कतिपय नेपालीहरू भारत चीनबीच व्यापार गर्ने भन्ने सहमति पछि तातेका छन् । तिनको मुख्य उद्देश्य यो सहमतिलाई देखाएर भारतको होईन चीनको विरोध गर्नुछ । ….. जान्न चाहान्छन् भन्ने कार्यक्रम चलाउने एउटा पत्रकार नामको दलाल छ । उसले चीनलाई कटाक्ष गर्न र नेपालचीन सम्बन्धमा दरार ल्याउने गरी कुरा उठाउछ । मुख्य कुरा भूमि मिचेको भारतले हो । फिर्ता गर्नुपर्ने भारतले हो । अन्य विषय सहायक विषय हुन् । मुख्य विषयलाई ओझेलमा पार्न र नेपालचीनबीच दरार ल्याउन यस्ता कुरा उठाउछन् । तिनलाई भारतले मिचेको हाम्रो भूमि फिर्ता ल्याउन कुनै मतलव छैन । कतै बालेन पनि त्यहि कोटीको त होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *