एआईजी कृष्णहरि शर्माले पाए अवकाश

काठमाडौं । नेपाल प्रहरीका एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवकाश भएका छन् ।

उनी आइतबार ५६ वर्ष पुग्छन् । शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए । उनीसँगै इन्स्पेक्टर दर्जाको नियुक्तिपत्र प्राप्त गरेका चन्द्रकुबेर खापुङ शुक्रबार आइजीपी नियुक्त हुने निर्णय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *