निमित्तलाई शून्यमा झार्न २१९ पालिकामा एकैपटक प्रमुख प्रशासकीय अधिकृत खटाइए (सूचीसहित)

काठमाडौं । निमित्तको जिम्मेवारी शून्यमा झार्न एकै पटक २१९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन् । निमित्तलाई शून्यमा झार्ने लक्ष्य पुरा गर्नकै लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एकै पटक १२२ नगरपालिका र ९७ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा भगवती न्यौपाने आएलगत्तै उनले नेपाल प्रेससँगको कुराकानीमा भदौँ महिनाको पहिलो साताभित्रै स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्यमा झार्ने प्रतिवद्धता जनाएकी थिइन ।

उनले नेपाल प्रेससँग कुराकानी गर्दै भनिन्, ‘६ महानगरपालिकामा बिरगञ्ज महानगरपालिका र ११ उपमहानगरपालिकामा ९ उपमहानगरपालिका निमित्तको भरमा चलिरहेका छन् । नगरपालिका र गाउँपालिका शून्यमा झारेपछि अब महानगरपालिका र

उपमहानगरपालिकालाई निमित्त शून्यमा झार्ने पहल सुरु भइसको छ । ढिलोमा भदौ मसान्तभित्रै महानगरपालिका र उपमहानगरपालिकामा निमित्त शून्यमा झार्छौ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *