महन्थ ठाकुर नेतृत्वको लोसपाको महाधिवेशन चैतमा

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले चैतमा महाधिवेशन गर्ने भएको छ। हालै बसेको शीर्षतहको विस्तारित बैठकले ०८२ चैत्र ६ र ७ गते गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले बताए।

तराई–मधेशका जिल्लाहरु खडेरीले गर्दा किसानहरु पूर्णतया नराम्रोसँग प्रभावित भएको हुनाले किसानहरुको लागि क्षतिपूर्तीको प्याकेज घोषणा गर्न संघीय तथा प्रदेश सरकारसँग माग गरेको छ।

यस्तै, मधेश प्रदेशका जिल्लाहरु सुख्खाग्रस्त भएको हुनाले खानेपानीको हाहाकार हुनुको साथै चापाकल, ईनार र पोखरीहरु सुकेको अवस्था भएकोले आम नागरिकलाई खानेपानीको सहज व्यवस्थापन गर्न तिन तहको सरकारलाई गम्भिररुपमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *