काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गरिरहेका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा उनले संसदमा मन्तव्य राखेका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार प्रस्थान गर्ने कार्यक्रम छ । साङघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । चीनपछि भारत भ्रमणमा जाने तालिका रहेको छ ।
आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक-कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा सी र मोदीसँग प्रष्ट कुरा राख्ने बताउँदै आएका छन् ।

Leave a Reply