जेबी टुहुरेको स्मृतिमा सांगीतिक कार्यक्रम, देवान र नेपाली सम्मानित हुँदै

विराटनगर । जनवादी सांस्कृतिक फाँटका अग्रणी कलाकार स्व.जेबी टुहुरेको चौथो स्मृति दिवसका अवसरमा भोलि शनिबार सांगीतिक कार्यक्रमसँगै सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।

जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरे एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम र सम्मानको घोषणा गरिएको हो । शनिबार विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा उक्त कार्यक्रमको आयोजना हुने भएको हो । त्यस अवसरमा टुहुरेका कालजयी गीत, संगीतबाट उनको स्मरण गरिने भएको छ ।

स्मृति दिवसकै अवसरमा सुनसरी, धरान निवासी अग्रज प्रगतिवादी कवि, साहित्यकार बम देवान र विराटनगर निवासी गीतकार तथा संस्कृतिकर्मी खेम नेपालीलाई सम्मान गरिने भएको छ ।

यसअघि टुहुरेको स्मृतिमा गीतकार तथा राजनीतिज्ञ लव प्रधान ‘मित्र’, कवि अनिल पौडेल, जनकलाकार खुशीराम पाख्रिन (मरणोप्रान्त) सम्मान गरिएको थियो । उक्त सम्मानको सिलसिलालाई निरन्तता दिइएको फाउण्डेनकी अध्यक्ष टुहुरेले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *