आशिका तामाङ थुनामा बस्नु नपर्ने, यस्तो छ कारण

काठमाडौं। सामामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिनको जेल सजाय सुनाए पनि उनी फेरि कारागार जानु नपर्ने भएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुलमा शुल्क असुलीको विरोध गर्दा उनीमाथि मुद्दा दायर भएको थियो ।

अदालतले आशिकालाई ५ दिन जेल सजाय र ५ सय रुपैयाँ जरीवना तोकेको छ । तर, आशिका यसअघि नै प्रहरी हिरासतमा ५ दिनभन्दा बढी अवधि बसिसकेकी छन् । जेल सजायमा हिरासत बसेको अवधि पनि काउन्ट हुने भएकाले आशिकाको सजाय भुक्तानी भइसकेको भक्तपुर प्रहरी स्रोतले बताए ।

‘हामीलाई फैसलाको औपचारिक जानकारी आइसकेको छैन । सञ्चारमाध्यमबाट ५ दिन जेल सजायको कुरा आएको छ । त्यो सत्य हो भने उहाँले फेरि थुनामा बसिरहनु पर्दैन,’ स्रोतले भन्यो ।

आशिकालाई पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गत माघ २ गते पक्राउ गरी प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको थियो । माघ १४ गते उनी १० हजार धरौटी तिरेर रिहा भइन् । तर, तत्कालै उनलाई भक्तपुर प्रहरीले पक्राउ गर्यो । सांगाको घटनाबारे सुर्यविनायक नगरपालिकाले उनीमाथि भक्तपुर प्रहरीमा उजुरी दिएको थियो । त्यसका आधारमा पक्राउ गरेर आशिकालाई ५ दिन जगाती प्रहरी वृत्तमा राखियो । उनी माघ १४ गते २० हजार धरौटीमा रिहा भएकी थिइन् ।

सांगाको मुद्दामा ५ दिन जगाती प्रहरीको हिरासतमा बसेकाले उनको अहिलेको जेल सजाय कट्टी भएको हो । आशिकाले अदालतको फैसला बमोजिम ५ सय जरीवाना र ८ हजार ३ सय क्षतिपूर्ति रकम भने तिर्नुपर्ने छ । यस्तै पिडित राहत कोषमा २–२ सय जम्मा गर्नुपर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *