गैँडाको आक्रमणबाट घाँस काट्न गएका वृद्धको मृत्यु

नवलपुर (नवलपरासी) । गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको मृत्यु भएको हो ।

-रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *