मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने, जिल्लाको आदेश उच्चले गर्‍यो सदर

काठमाडौं । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।

गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् ।

युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।

काठमाडौंमा घरायसी कामको सहयोगीका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *