ओली र देउवा मिलेपछि रास्वपा बचाउनुपर्ने भयो : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बचाउने जिम्मेवारी लिइएको बताएका छन् । माओवादी कोशी प्रदेश सचिवालय बैठकमा रास्वपाप्रति प्रचण्डले सहनुभूति देखाइरहेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए ।

जवाफमा उनले रास्वपा बचाउनु आवश्यक रहेको बताए । केपी ओली र देउवा मिलेर गठवन्धन गरेपछि धेरै रिस उठेको र रास्वपालाई बचाउने जिम्मेवारी लिइएको प्रचण्डले उल्लेख गरे ।

‘ ओली-देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो’, उनले भने।

रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप गरेको भए पनि उनीहरूको काम गर्ने शैली र मिडियाबाजी धेरै भएको प्रचण्डको टिप्पणी छ । एमालेको ठाउँमा उभिँदा जनतालाई लाभ हुँदैन भन्ने सन्देश स्थापित गर्नुपर्ने र यसका लागि रास्वपाको समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

Comments

2 responses to “ओली र देउवा मिलेपछि रास्वपा बचाउनुपर्ने भयो : प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    हेर राष्ट्रिय स्तरको भनिएको नेताको तल्लोस्तरको टिप्पणी । सकिने दिन आएकाले बरबराएको होला ।

  2. राम वावु Avatar
    राम वावु

    यसको मतलव वुडा ‍‍का दिन सकिएछन भनेर वुझे भो नि त साथीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *