निजामती विधेयक : अतिरिक्त सचिवको व्यवस्था खारेज

काठमाडौं । निजामती सेवा विधेयकमा अतिरिक्त सचिव राख्ने गरी प्रतिनिधि सभाबाट पारित व्यवस्था राष्ट्रिय सभाले उल्ट्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अतिरिक्त सचिवको व्यवस्था नरहे पनि प्रतिनिधि सभाले तेह्रौँ तहलाई बिशिष्ट श्रेणीको अतिरिक्त सचिवको प्रावधान थपेर विधेयक पारित गरेको थियो ।

राजपत्रांकित विशिष्ट श्रेणीमा तेह्रौँ तह र चौधौँ तह रहने गरी मन्त्रालयले विधेयक प्रस्ताव गरेको थियो । तर, प्रतिनिधि सभाले अतिरिक्त सचिवको व्यवस्था राख्ने गरी तेह्रौँ तह, सचिवलाई चौधौँ तह र मुख्यसचिवलाई पन्ध्रौँ तह राख्ने गरी विधेयक पारित गरेको थियो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अतिरिक्त सचिवको व्यवस्था उल्ट्याएसँगै अब निजामती सेवामा चौधौँ तहसम्म मात्रै रहने भएको छ ।

विशिष्ट श्रेणीमा तेह्रौँ तह (अतिरिक्त सचिव) हटाउने निर्णय भएसँगै त्यसै अनुसार विधेयकलाई मिलाउन समितिका सभापति तुलसाकुमारी दाहालले समिति सचिवालयलाई निर्देशन दिएकी छन् ।

Comments

One response to “निजामती विधेयक : अतिरिक्त सचिवको व्यवस्था खारेज”

  1. ksp Avatar
    ksp

    नागरिकता विधेयकमा चुईक्क नबोल्ने सँसदहरू निजामति विधेयकमा नचाहिदो बखेडा झिक्दैछन् ।साँसदहरू कसैका गोटी बन्दैछन् । दुई महिनासम्म विधेयक रोकेर अहिले स्टण्टबाजि गर्दैछन् । यिनले दुई महिना नघाएर आफ्नै नाक काटन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *