सुनको मूल्य २ लाख नजिक पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मुल्य तोलामा चार सयले बढेको छ भने चाँदी  १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार ४०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भइरहेको छ ।

हिजो बुधबार एक तोला सुन रु एक लाख ९९ हजारमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा कारोबार भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *