राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो ।

निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।

कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *