जर्मन मिडियाको रिपोर्ट-ट्रम्पले चारपटक फोन गर्दा मोदीले ‘रिसिभ’ गरेनन्

काठमाडौं । अमेरिकाले ५० प्रतिशत कर लगाएर भारतलाई दबाबमा राखेदेखि डोनाल्ड ट्रम्पले चारपटक गरेको टेलिफोन कल नरेन्द्र मोदीले रिसिभ नगरेको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ ।

जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उदृत गर्दै हिन्दूस्तान टाइम्सले ट्रम्पसँग मोदीले टेलिफोनमा कुराकानी नगर्न नमानेको जनाएको छ ।रुसी कच्चा तेल खरिद गर्दा भारतीय सामानहरूमा थप २५ प्रतिशत कर लगाएपछि दुई देशबीचको व्यापार तनाव बढ्दै गएको छ ।

यसबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका केही सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चारवटा टेलिफोन कलहरू अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ ।

जापानको निक्केई एसियाले प्रकाशित गरेको यस्तै रिपोर्टले अमेरिका र भारतबीचको सम्बन्ध द्रुत गतिमा बिग्रँदै गएकोतर्फ औंल्याएको छ । यद्यपि दुवै सरकारले पहिले आफ्नो साझेदारीलाई “२१ औं शताब्दीको सबैभन्दा परिणामात्मक“ भनेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *