मोरङ जेलको शौचालयमा झुण्डिएको अवस्थामा महिला बन्दी मृत भेटिइन्

विराटनगर । जिल्ला कारागार मोरङको शौचालयभित्र महिला बन्दी मृत अवस्थामा भेटिएकी छन् ।

बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीय राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईलाई बिहान फेला पारिएको जेलर गौरव ढुङ्गेलले बताए ।

भट्टराईले २०८० माघ पहिलो साता २ छोरा र छोरीसहित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा हाम फालेकी थिइन् ।

स्थानीय प्रत्यक्षदर्शीले उनलाई र छोरालाई सकुशल उद्धार गरेका थिए । ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा उनलाई प्रहरीले २०८० माघ ५ गते पक्राउ गरेको थियो ।

अनुसन्धान सकिएपछि उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो । अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २३ गते आदेश दिएपछि कारागार चलान गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *