हेटौँडा । रुबी कुमारी साह हत्या काण्डका मुख्य आरोपितलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवान रहेका छन् । उनी रुबीसँग प्रेम सम्बन्धमा रहेकाे प्रहरी काे भनाइ छ ।
पासवानलाई जलेर घाइते अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनले आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ । पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेकाे प्रहरी स्राेतले बतायाे । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।
शनिवार गौर नगरपालिका वडा नम्बर २ डेरा गरी बस्दै आएकी रुबी कुमारी साहको शव सुटकेशभित्र राखिएको अवस्थामा गौर नगर पालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सडकको पछिम किनारमा फेला परेको थियो ।

Leave a Reply