काठमाडौं ल्याइयो यस वर्षको इन्द्रजात्राका लागि लिंगो (‘यःसिं) (तस्बिरहरु)

काठमाडौं । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिङ्गो (‘यःसिं) काठमाडौं ल्याइएको छ । मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरी यस्सिं आज काठमाडौँको भोटाहिटी ल्याइएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९:०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन् ।

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइनेछ ।

भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिनेछ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिकरुपमा सुरु भएको मानिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *