भूमि विधेयकविरुद्ध सडकमा निस्कियो जसपा नेपाल, आज ललितपुरमा प्रदर्शन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ। पार्टी केन्द्रको निर्देशन अनुसार देशव्यापी विरोध प्रदर्शनमा उत्रिएका हो।

आज जसपा नेपालको नेवाः राष्ट्रिय समितिले विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने रहेको जसपाको निष्कर्ष छ।

वन जङ्गल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने भन्दै सुरुदेखि नै जसपा नेपाल यो विधेयकको विपक्षमा रहेर विरोध गर्दा आइरहेको छ । यो विधेयक अहिले संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भइसकेको छ।

वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जङ्गल र भूमिको रक्षा गर्न भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ भन्ने अभियानका साथ १५ गतेसम्म विरोध प्रदर्शन गर्ने तय भएको छ।

Comments

One response to “भूमि विधेयकविरुद्ध सडकमा निस्कियो जसपा नेपाल, आज ललितपुरमा प्रदर्शन”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकारी जमिन जबर्जस्ती कब्जा गरेर खानेहरूको हुल । सुकुम्बासीले जग्गा पाए भने कब्जा गर्न पाईदैन भनेर सडकमा गाईजात्रा हो यिनको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *