राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं । राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी हुन् ।

पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् । एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत भएको घोषणा गर्नेछ ।

कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो ।

Comments

One response to “राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध”

  1. ksp pyl Avatar
    ksp pyl

    लेखा समितिको सभापतिलाई राजिनामा दे राजिनामा दे भनेर लाटाले पापा भने झै कराउने मोदीको राज्य व्यवस्था समितिमा उम्मेदवारी दिने समेत हिम्मत रहेनछ । त्यस्ता हुतिहाराले किन कराउनु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *