दोस्रो अभ्यास खेलमा पनि नेपालले टेरीटरीलाई हरायो

काठमाडौं । दोस्रो अभ्यास खेलमा पनि नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई पराजित गरेको छ । टेरीटरीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टेरीटरी १७ ओभर २ बलमा ९६ रनमा समेटिएको थियो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान ४ विकेट लिए । यसअघि आजै भएको पहिलो अभ्यास खेलमा नेपालले टेरीटरीलाई ४१ रनले पराजित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *