मनिष झासँग विद्याले भनिन्- सहकारी मुद्दालाई राजनीतिकरण गरेर रविलाई दु:ख दिइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेट गरेका हुन् ।

भण्डारीलाई करिब २ घण्टा छलफल भएको झाले बताए । पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

उनले भने, ‘सहकारीको विषय समाधान गर्नुपर्ने थियो । तर यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दु:ख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु । उहाँप्रति मेरो सद्भाव छ भन्नुभयो ।’

उनले नयाँ पढेलेखेका पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएको पनि सुनाए ।

झाले थपे, ‘अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज छ । हामी आउँदा धेरै गाह्रो थियो । अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ । विचारको बहस धेरै होस् त्यसमा हामी सघाउँछौँ भन्नुभएको छ ।’

 

Comments

9 responses to “मनिष झासँग विद्याले भनिन्- सहकारी मुद्दालाई राजनीतिकरण गरेर रविलाई दु:ख दिइयो”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीले खटाएका त होईनन एमाले कमजोर बनाउन ?

    1. Ra Avatar
      Ra

      Ko Bideshi ho bro?

      1. उत्तम बहादुर राउत Avatar
        उत्तम बहादुर राउत

        पूर्व राष्ट्रपतिले अदालतले गरेको कार्यवाहिलाई अनावश्यक दु:ख दिएको भन्नू र आफ्नो विरोध झैँ लाग्ने गरि असहमती प्रकट गर्नु वहाँमा पलाउन थालेको खान्दानी जहाँनिया शासनको बिज हो।

        1. Nick Kashyap Avatar
          Nick Kashyap

          रविलाइ दुख दिन खोजेकै हो, यसमा कुनै शंका छैन। तर यस घटनाले चाही भविष्यमा यी भ्रष्ट पार्टी एमाले हमाले कांग्रेस माओबादीका नेता संलग्न भ्रटाचार का घटना मा अनुसन्धान मज्जाले हुन्छ भन्ने बाटो खोलिदिएको छ।

      2. ksp pyl Avatar
        ksp pyl

        विद्यामा पद नभई नहुने रोग लागेको जस्तो भएको रहेछ । त्यो स्वभाव थाहा पाएर ओलि र एमाले कमजोर बनाउने हतियार भेट्टाए विदेशीले । विद्यालाई ढाड्स दिन भनेर भेटने सबै तिनै विदेशीले पठाएका एजेण्ट हुन् । को को हुनसक्छन् भनेर जान्न भेटको श्रृंखला हेरे पुग्छ । यसमा एउटा भाडाको टट्टु पत्रकार पनि छ है ।

    2. samir Avatar
      samir

      लाज छैन भ्रष्ट एमालेको झोलेलाई? तिम्रै भ्रष्ट बा केपीले नै पहिला रविलाई निर्दोष भनेको होइन?

      अनि तेरै सुर्य थापाको प्रतिवेदनमा पनि रविले कुनै सहकारीको पैसा नलिएको भनेको पढ् न पहिला!

      अपराधी हौ तिमिहरु!😡

  2. Laleek Avatar
    Laleek

    जव पार्टीमा एक जुट हुन्छ एकमत हुन्छ, विरोधीले खेल्न खोज्छ, कसलाई चलाउँदा नेतृत्वलाई दवाव पुग्छ, खोज्छ अनि उसैमार्फत तलविटल गर्न खोज्छ, गोटी उनै ठूलो ठानी शिर ठाडो पारी उफ्रि उफ्रि कुद्छ, कहाँ को आफ्नो कहाँ को पराई बुझ्नै सक्दैन्, अन्त्यमा भिरतिर पुगिसक्छ, कसैले काँध थापिदिने हुँदैन्, यति कुरा त कसैले बुझे हुन्थ्यो, यसमा पार्टी हितको कुरा छ, चेतना भया !!!

  3. ksp pyl Avatar
    ksp pyl

    विद्यामा पद नभई नहुने रोग लागेको जस्तो भएको रहेछ । त्यो स्वभाव थाहा पाएर ओलि र एमाले कमजोर बनाउने हतियार भेट्टाए विदेशीले । विद्यालाई ढाड्स दिन भनेर भेटने सबै तिनै विदेशीले पठाएका एजेण्ट हुन् । को को हुनसक्छन् भनेर जान्न भेटको श्रृंखला हेरे पुग्छ । यसमा एउटा भाडाको टट्टु पत्रकार पनि छ है ।

  4. ram bhattarai Avatar
    ram bhattarai

    अघिल्लो सालमात्र आफैंले गणतन्त्रका गौरब भन्दै सम्मान गरेको व्यक्तिलाई एक बर्ष नबित्दै यति निकृष्ठ ब्यबाहार,गालि गलौच कसरि गर्न सक्छन ? म सोचिरहेछु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *