भारत भ्रमणमा लिपुलेक क्षेत्रका सीमाबारे दृढतापूवर्क प्रस्तुत हुन प्रधानमन्त्रीलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टीले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत हुन माग राखेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले एक विज्ञप्तिजारी गर्दै प्रधानमन्त्रीले सीमाका विषयमा कुरा उठाउन भनेको हो ।

भारत र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो माग राखेको हो ।

नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको उल्लेख जनाउँदै विवादहरुको समाधान कूटनीतिक र संवादबाट खोज्नुपर्ने पनि खनालले उल्लेख गरेका छन् ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *