काठमाडौं । भारतको गुवाहटिमा आसाम स्टेट टीम र नेपाल ‘ए’ टीमबीच हुने ५ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ (क्यान) ले उक्त सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल अगस्ट २८ तारिखमा हुनेछ । दोस्रो खेल अगस्ट २९, तेस्रो खेल अगस्ट ३०, चौथो खेल अगस्ट ३१ र अन्तिम तथा पाचौं खेल सेप्टेम्बर १ तारिखमा हुनेछ ।
क्यानले उक्त सिरिजका लागि अनिल शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली:
अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृत राज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल

Leave a Reply