कवाड व्यवसायीले घेरे काठमाडौं महानगर, बालेनले गरिखान नदिएको गुनासो (भिडिओ)

काठमाडौं । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टीसँगै विभिन्न माग राखेर काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी पुन: आन्दोलित भएका छन् ।

व्यवसायीले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे ।

कवाड व्यवसायी, संकलक र मजदुरमाथि महानगर प्रहरीबाट कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्य भइरहेको भन्दै उनीहरूले तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने माग राखेका छन् ।

कवाड व्यवसायी समाजको आव्हानमा ५ बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

पत्रकार सम्मेलनमा कवाड व्यवसायी ओमप्रकाश सिंहले महानगरविरुद्ध निर्णायक आन्दोलन गर्ने बताए । मेयर आफूहरूलाई गरिखान नदिएको उनीहरूको गुनासो छ ।

Comments

One response to “कवाड व्यवसायीले घेरे काठमाडौं महानगर, बालेनले गरिखान नदिएको गुनासो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गरिखान भनेर जहाँ जसलाई जे गर्न पनि दिन मपल्छ त । भएको कानून पालना गरेर व्यवसाय गर्नुपर्छ । म पनि रत्नपार्कको बीच सडकमा कपडा पसल राख्न चाहान्छु मिल्छ ? शहर फोहोर पार्न मिल्दैन । बालेनले जे गरेका छन् ठिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *