काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद कांग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पद छाड्छु भनेर प्रधानमन्त्रीले कांग्रेसलाई सम्झाइराख्नु नपर्ने बताए । अहिले दलहरु सत्ता राजनीतिमा केन्द्रित रहेकाे भन्दै नेताहरुले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘दुई वटा कुरामा बाँधियो भने पार्टीले पनि काम गर्न सक्दैन। राजनीति कार्यकर्ताले पनि सक्दैनन्। यो बेलामा कांग्रेस ०८४ मा मेरो अवस्था के होला भन्नेबाट मुक्त हुनुपर्छ । कांग्रेस आलोपालो भनेर प्रधानमन्त्रीले हप्ताको एकपटक भन्नुहुन्छ, उहाँले म छोड्छु भनेर हामीलाई सम्झाउनुहुन्छ। हामी अहिले छाड्नुहोला कि नहोला भन्ने अलमलबाट मुक्त हुनुपर्छ, कांग्रेसले आफ्नो धर्म र कर्म लोभ, डरबाट मुक्त भएर गर्नुपर्छ ।’
उनले नेता कार्यकर्तालाई पछिको धेरै चिन्ता नगरी काममा केन्द्रित हुन निर्देशन दिए । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।

Leave a Reply