राजीनामा गरेका घोराहीका वडाध्यक्षको पुनर्वहालीको रिटमा अन्तरिम आदेश अस्वीकार

दाङ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिका-८ का तत्कालीन वडा अध्यक्ष जितेन्द्र शाहले पुनर्वहालीको माग गर्दै दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शाहको रिटमाथि आज सुनुवाइ गर्दै मुख्य न्यायाधीश राजेश्वर तिवारीले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । उनले अन्तरिम आदेश जारी हुने वा नहुनेमा दुवै पक्षबीच छलफल गर्न भदौ १८ गते पेशी तोकेका छन् । साथै अन्तरिम आदेश जारी गर्न नपर्ने कारण र प्रमाण सरकारी वकिल कार्यालय मार्फत १५ दिनभित्र पेश गर्न घोराही उपमहानगरपालिकाका नाममा आदेश जारी भएको छ ।

शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि भदौ २ गते उक्त राजीनामा स्वीकृत भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *