रविलाई जमानतमा छोड्न माग लिएर निकिता उच्च अदालतमा, श्रीमान जेलमा सुरक्षित नरहेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छोड्नुपर्ने माग लिएर उनी पत्नी निकिता पौडेलले उच्च अदालतको ढोका ढक्ढकाएकी छन् ।

जिल्ला अदालत रुपन्देहीले रविलाई जमानतमा छाड्न नमानेपछि निकिताले आज उच्च अदालत बुटबलमा पुनरावेदन गरेकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै निकिताले आफ्नो श्रीमान जेलभित्र सुरक्षित नरहेको बताएकी छन् । रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।

निकिताले फेसबुकमा लेखेकी छन्, ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ । मेरो श्रीमान भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।’ तर, श्रीमतीका रुपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस कि नपाइयोस, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने छु ।’

आफ्नो श्रीमानको जीवन सुरक्षित नरहेको र प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोष्ट्रमबाट धम्क्याइरहेको उनले बताएकी छन् ।

‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाइ कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरुको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन ।

आफैंले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन,’ उनले लेखेकी छन् ।

Comments

One response to “रविलाई जमानतमा छोड्न माग लिएर निकिता उच्च अदालतमा, श्रीमान जेलमा सुरक्षित नरहेको दाबी”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Mero personal idea ma Rabi lamixane baira vanda vitra safe
    Xa. Cause, pakxa bipakxa both r stupit. Nepal garib des ho. Janata garibi ma bacheko, socha garib vakole des garib xa. So kunai pani bela kai pani jhadap huna sakxa. Baira. So safe chai vitrai ho ( totally my personal feelings )

Leave a Reply

Your email address will not be published. Required fields are marked *