काठमाडौं । सरकारले विभिन्न १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।
जसमा होमबहादुर बस्नेत सञ्चालक रहेको विशाल होम निर्माण सेवा, सुन्दर श्रेष्ठको जलेश्वरी महादेव यासवि कन्ट्रक्सन, सगुन फ्रेब्रिक प्रालि, शुभ आरएस नबिन जेभी, नविन निर्माण सेवा र जेएमसी कन्ट्रक्सन रहेका छन् । यी कम्पनीहरूलाई एक वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउनेगरि कालोसूचीमा राखिएको छ ।
यस्तै मिथुन चन्द सञ्चालक रहेको जेएमसी कन्ट्रक्सन प्रालि, कास्यप निर्माण सेवा, ग्यालेक्सी कन्ट्रक्सन एण्ड सप्लायर्स, जालपा निर्माण सेवा, मष्टा भवानी निर्माण सेवा र शहीद निर्माण सेवा पनि कालोसूचीमा परेका छन् ।
यी कम्पनीहरूलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


Leave a Reply