काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचनको मिति तय गरिएको छ ।
संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ ।


Leave a Reply