सेकुवा कर्नरमा मान्छे पिट्दै हिँड्ने ‘टोले गुण्डा’ प्रहरी नियन्त्रणमा

काठमाडौं । सिनामंगल, बत्तीस पुतली आसपासका सेकुवा कर्नरमा मान्छे पिट्दै हिँड्ने ‘टोले गुण्डा’ रेश लामालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

भदौ ४ गते बत्तीसपुतलीस्थित बाजेको सेकुवा रेष्टुरेण्टमा एकराज कार्की नामक व्यक्तिमाथि हातपात गरेर उनी फरार थिए । दोलखाको बैत्येश्वर गाउँपालिका- ३ स्थायी ठेगाना भएका उनको वास्तविक नाम गोपाल मोक्तान हो ।

यसअघि पनि रकम असुलीको उद्देश्यले विभिन्न व्यक्तिलाई हातपात गर्नेलगायतका अभद्र व्यवहारमा उनी सक्रिय थिए ।

पटक पटक प्रहरीमा उजुरी परे पनि घटनापछि भाग्दै हिँड्ने गरेका उनलाई प्रहरी वृत्त, गौशालाको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको हो ।

उनका विरुद्ध अभद्र व्यवहार मुद्दामा सोमबार म्याद थप गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *