‘कोब्रा इफेक्ट’, अर्थात् प्रभाव । जब भारतमा ब्रिटिश साम्राज्य कायम थियो, यो शब्दको उत्पत्ति त्यही समयको एक घटनाबाट आएको हो । भारत सबैभन्दा बढी सर्प पाइने देशको सूचीमा थियो । त्यसमाथि त्यहाँको कोब्रा, अर्थात् नाग सबभन्दा खतरनाक सर्पमध्ये पर्छ । नागको डसाईबाट मानिसको मृत्युदर उच्च थियो । अन्य सर्पले टेके पनि निको पार्ने औषधि त्यस बेलासम्म पत्ता लागेको थिएन ।
तसर्थ, भारतीयमात्रै हैन, अंग्रेज शासक पनि सर्पबाट सतर्क हुनुको विकल्प थिएन । दिल्लीस्थित ब्रिटिश सरकारले निर्णय गर्यो, ‘दिल्लीमा विषालु कोब्रा सर्पको संख्या धेरै बढ्यो, यो समस्या समाधान गर्न जसले बढीभन्दा बढी कोब्रा मारेर ल्याउँछ, त्यसको संख्याका आधारमा पुरस्कार दिइने…।’
सरकारलाई लागेको थियो, पुरस्कारकै व्यवस्था भइसकेपछि घरघरमा लाखौँ मान्छेले सर्प खोज्न थाल्नेछन् र सर्पको संख्या घट्नेछ । सरकारको पुरस्कारको घोषणा गरेपछि कोब्रा मार्ने अभियान नै चल्यो । शुरूका दिनमा बहुतै उत्साहित परिणाम आयो । लाखौँ कोब्रा मारिए । सरकार पनि धेरै उत्साहित भयो । शुरुमा यो योजना सफल भयो ।
तर, केही समयपछि निराशाजनक दृश्य अगाडि आउन थाल्यो । लाखौँ सर्प मरिसके, तर सर्पको संख्या घटेन, उल्टै बढ्न थाल्यो । धेरै समयपछि अनुसन्धान गर्दा के पाइयो भने, मानिसले पुरस्कार पाउने लोभमा आफ्नै घरमा कोब्रा पाल्न र कोब्राको प्रजनन गर्न थाले । पशुपालक किसानले खसी-कुखुरा पालेजस्तो फारम नै खोलेर कोब्रा पालन चल्यो । किनभने, सरकारले मारेको कोब्रा हेरेर पैसा दिन्छ । त्यसैले धन्दा नै चल्यो कि, कोब्रा पाल्यो, मार्यो, पैसा कमायो ।
सरकारले दिल्लीका लागि मात्र सूचना जारी गरेको थियो । तर, दिल्लीइतरका गाउँगाउँमा पनि कोब्रा पालनको दर उच्च हुन पुग्यो । किनभने, गाउँमा पाल्ने, दिल्लीमा लगेर मार्ने, अनि पैसा लिएर फर्किने भए । जब सरकारले यो कुरा थाहा पायो, त्यसपछि पुरस्कार दिन बन्द भयो । त्यस बेलासम्म मानिसले लाखौँको संख्यामा कोब्रा सर्प पालिसकेका थिए । पुरस्कार नपाइने भएपछि घरमा पालिएका कोब्रा जङ्गल, खेत र सडकमा छाडिए ।
विद्यादेवी भण्डारीको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि छ । उहाँको सक्रिय राजनीतिमा फर्कनुले एमालेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान र सम्मान दिलाउन सक्छ । यसले पार्टीको कूटनीतिक सम्बन्धलाई पनि बलियो बनाउन मद्दत गर्न सक्छ । नेपालमा छरिएका कम्युनिष्ट शक्तिलाई एकै ठाउँमा ल्याउन उहाँ एक महत्त्वपूर्ण र स्वीकार्य पात्र हो । उहाँको नेतृत्वले वामपन्थी शक्तिका बीचमा एकताको सम्भावनालाई बढाउन सक्छ ।
‘कोब्रा इफेक्ट’ को सामान्य अर्थ भनेको यदि हामीले पर्याप्त बुद्धि नपुर्याई कुनै गरिने कामले सही परिणाम दिन सक्दैन । जहाँ जहाँ हामी समस्या समाधान गर्न खोज्छौँ, त्यहीँबाट समस्या बढ्न थाल्छ । समस्या समाधानका लागि जतिसुकै प्रयास गरे पनि समाधान हुँदैन, बरु बल्झिन खोज्छ । यसैलाई नै ‘कोब्रा इफेक्ट’ भनिन्छ ।
यो एउटा यस्तो घटना हो, जहाँ समस्याको अभिप्रेत समाधानले वास्तवमा समस्यालाई झनै खराब बनाउँछ । जब समाधानको प्रयास गर्दा अनपेक्षित परिणाम निम्त्याउँछन् । ‘कोब्रा इफेक्ट’ ले हामीलाई के सिकाउँछ भने, कुनै पनि समस्याको समाधान खोज्दा त्यसको सम्भावित सबै नतिजाबारे गहिरो अध्ययन गर्नुपर्छ । साथै, दीर्घकालीन परिणाममा ध्यान दिने र तत्कालको समस्या समाधान मात्र नभई त्यसले भविष्यमा पार्न सक्ने प्रभावबारे पनि सोच्नुपर्छ ।
यो सिद्धान्त आज पनि अर्थशास्त्र, राजनीति र सामाजिक नीतिमा प्रयोग गरिन्छ । यसले हामीलाई सधैँ कुनै पनि समाधानले परिस्थितिलाई अझै खराब बनाउन सक्छ कि सक्दैन भनेर सचेत गराउँछ । ‘कोब्रा’ सिद्धान्त व्यवस्थापन र नेतृत्वको सिद्धान्त पनि हो ।
आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने कुरा आएपछि राजनीतिक घटनाक्रम ‘कोब्रा इफेक्ट’ शैलीमा विकास हुँदैछन् । दुई वर्षअगाडि नै पार्टी सदस्यता नवीकरण भइसकेको अवस्थामा अहिले आएर केन्द्रीय कमिटीले सदस्यतामाथि प्रश्न उठाउने काम गरेको छ । नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन कुनै रोक लगाएको छैन । कुनै पनि नागरिकलाई राजनीतिक दलमा आबद्ध हुने अधिकार हुन्छ र यो उहाँको पनि संवैधानिक अधिकार हो ।
विद्यादेवी भण्डारीले लामो समयदेखि नेकपा (एमाले) को राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । उहाँ पार्टीका लागि एक जिम्मेवार अभिभावक रहेको सबैले बताउँदै आएका छन् । राष्ट्रपति पदबाट अवकाश पाएपछि एक साधारण नागरिकको रूपमा उहाँलाई आफ्नो राजनीतिक जीवनबारे निर्णय लिने स्वतन्त्रता हुन्छ । उहाँले पार्टीको सदस्यता नवीकरण गरेको र यसलाई कसैले खारेज गर्न नसक्ने स्वयं आफूले बताइसकेको अवस्थामा एमालेको केन्द्रीय कमिटीको यो निर्णय आफैँमा विवादमा परिसक्यो ।
एमालेमा उहाँको पुनरागमन भइसक्यो र एमालेभित्रै आन्तरिक शक्तिसंघर्ष शुरु भइसकेको आभास स्वयं पार्टी नेतृत्वले विभिन्न कार्यक्रमबाट सार्वजनिक गरिरहनु भएको छ । कुनै बेला एमालेमा स्पेस नपाउँदा मदन भण्डारी फाउण्डेशनलाई प्रयोग गरेर आफ्नो राजनीतिक विचार दिने संस्थालाई आज तल्लो स्तरको विकृतपूर्ण, कल्पनाभन्दा बाहिरको अभिव्यक्ति दिँदा एमालेका कार्यकर्ता मात्र होइन, सर्वसाधारण मानिसले पनि पार्टी नेतृत्वमा जनताको बहुदलीय जनवाद र मदन भण्डारीलाई हेर्ने दृष्टिकोणमा विचलन आउँदै हो कि भन्ने ठाउँमा पुग्दैछन् ।
पार्टी केन्द्रीय कमिटीले विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गरिसकेको परिस्थितिमा गहिरो विश्लेषण गरेर त्यसलाई सम्बोधन गर्न सकिने विभिन्न विकल्पबारे विचार गर्नुपर्नेमा ठाडो प्रस्तावमा सदस्यता खारेजीको निर्णय गर्नु नै एमालेजस्तो जीवन्त पार्टीमा ठूलो समस्या काठको धुलोमा लागेको आगो जस्तो भएर देखापर्दैछ ।
राजनीतिमा आउन सहमति प्रदानमात्र होइन आफैँ नै प्रस्ताव गरेको नेतृत्वले पछिल्लो समयमा सदस्यता नै खारेज गरेर ‘धामी पनि आफैँ, … पनि आफैँ’ जस्तै गरेर कार्यकर्ताको बीचमा सदस्यताको विषयलाई विरोधाभासपूर्ण निर्णय गरेर समस्यालाई बल्झाउन खोजेको देखिन्छ । विद्यादेवी भण्डारीको सदस्यताको समस्याको प्रकृति एमालेमा जटिल बन्दै गएको छ । यो समस्यालाई नेतृत्वले समयमै बुझ्नुपर्छ ।
नेतृत्वले समस्याबाट बाहिर आउने होइन, सामना गर्न सक्नुपर्छ । त्यो समस्यालाई बुझ्ने, हेर्ने तागत राख्न सक्नुपर्छ र समस्यालाई सल्टाउने होइन, बुझ्ने हो । बुझिसकेपछि त्यसबाट फाइदा लिने हो ।
विद्यादेवी भण्डारी एमालेमा फर्किँदा कुनै व्यक्ति विशेषलाई बेफाइदा हुनसक्छ, तर उहाँ फर्किँदा एमालेलाई मात्र होइन, देशलाई धेरै नै अनेक फाइदा छन् । विद्यादेवीको एमालेमा पुनरागमनले मदन भण्डारीको विचार र सिद्धान्त, विशेष गरी जनताको बहुदलीय जनवाद (जबज) को निरन्तरतालाई बल पुर्याउँछ । उहाँको राजनीतिक सक्रियताले महिलालाई राजनीतिमा आउन र नेतृत्व लिन प्रेरित गर्न सक्छ ।
एमालेले यसलाई आफ्नो महिला सशक्तीकरणको एजेन्डाको रूपमा प्रस्तुत गर्न सक्छ, जसले पार्टीलाई महिला मतदातामाझ थप लोकप्रिय बनाउँछ । उहाँ महिला सशक्तीकरणको एक सशक्त उदाहरण हुनुहुन्छ । एमालेभित्र एकल वर्चस्व रहेको अवस्थामा विद्यादेवीको आगमनले पार्टीभित्र शक्तिको सन्तुलन कायम गर्न मद्दत गर्न सक्छ । यसले पार्टीलाई कुनै एक व्यक्तिको इच्छा र नियन्त्रणभन्दा बाहिर ल्याई सामूहिक नेतृत्वको बाटोमा डोर्याउन सक्छ ।
नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन कुनै रोक लगाएको छैन । कुनै पनि नागरिकलाई राजनीतिक दलमा आबद्ध हुने अधिकार हुन्छ र यो उहाँको पनि संवैधानिक अधिकार हो ।
विद्यादेवीको पुनरागमनले नेतृत्वका लागि एउटा सशक्त विकल्पका रूपमा हेरेका छन् । उहाँको अनुभव, लोकप्रियता र साङ्गठनिक क्षमताले पार्टीको भावी नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धालाई बढावा दिन सक्छ, जसले पार्टीलाई गतिशील बनाउन मद्दत गर्छ । दुई कार्यकाल राष्ट्रपति भइसकेकी उहाँसँग राष्ट्रप्रमुखको रूपमा काम गरेको अनुभव छ । यो अनुभवले उहाँलाई राष्ट्रिय राजनीतिमा परिपक्व र अनुभवी नेताको रूपमा स्थापित गर्न मद्दत गर्छ ।
विद्यादेवी भण्डारीको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि छ । उहाँको सक्रिय राजनीतिमा फर्कनुले एमालेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान र सम्मान दिलाउन सक्छ । यसले पार्टीको कूटनीतिक सम्बन्धलाई पनि बलियो बनाउन मद्दत गर्न सक्छ । नेपालमा छरिएका कम्युनिष्ट शक्तिलाई एकै ठाउँमा ल्याउन उहाँ एक महत्त्वपूर्ण र स्वीकार्य पात्र हो । उहाँको नेतृत्वले वामपन्थी शक्तिका बीचमा एकताको सम्भावनालाई बढाउन सक्छ ।
समग्रमा विद्यादेवीको फिर्तीले एमालेलाई ठूलो फाइदा नै हुन्छ । एमालेलाई थप जनमत आकर्षित गर्न मद्दत गर्न सक्छ, विशेष गरी महिला, युवा र नयाँ पुस्ताका मतदातालाई भण्डारीको पुनरागमनले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धालाई स्वस्थ र जीवन्त बनाउन मद्दत गर्न सक्छ, जसले अन्ततः पार्टीलाई अझ बढी गतिशील बनाउँछ ।
एमाले नेतृत्वले विद्यादेवी भण्डारीलाई समस्याको रूपमा बुझेर सदस्यता खारेज गरेर सल्टाउने होइन, उहाँको राजनीतिको प्रवेशलाई बुझेर त्यसबाट एमालेलाई के के फाइदा हुनसक्छ भन्ने कुरा बुझ्ने हो । विद्यादेवी भण्डारी राजनीतिमा आउँदा एमालेलाई हुने बेफाइदाभन्दा फाइदा नै धेरै छन् । यसतर्फ एमाले नेतृत्व र विवेकशील कार्यकर्ताले सदस्यतामाथि प्रश्न गर्ने केन्द्रीय कमिटीले विरोधाभासपूर्ण निर्णय गरेको छ ।
यो हाकिमीपाराको निर्णयलाई एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिले सामूहिक रूपमा विरोध गरेर यो औचित्यहीन निर्णयलाई खारेज गर्नेतर्फ लाग्नुपर्छ । जसरी त्यस समयमा भारतमा बेलायती अंग्रेज शासकले लाखौँ कोब्रा सर्पलाई मारेर समस्या सल्टाउन खोज्यो, परिणामतः समस्या बल्झियो र निर्णयबाट पछाडि हट्नुपर्ने भयो । त्यसै गरी, एमालेले विद्यादेवीको सदस्यतामाथि जुन प्रश्न गरेर निर्णयमा पुगेको छ, यसबाट पछाडि हट्नै पर्छ । ‘कोब्रा इफेक्ट’ को निष्कर्ष पनि यही हो ।

Leave a Reply