इनरुवा । नेकपा एमाले सुनसरीको अध्यक्षमा पर्शुराम यादव चयन भएका छन् ।
आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष निलम खनालको निधनपछि अध्यक्ष पद रिक्त थियोे । यादव उक्त अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । खनालको निधनपछि उनी कार्यवाहक अध्यक्षका रूपमा कार्यरत थिए । आइतबार जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न छैठौं बैठकले यादवलाई अध्यक्ष चयन गरेको जिल्ला इन्चार्ज जगदीश कुसियैतले बताए ।
बैठकमा प्रदेश मन्त्री रेवतिरमण भण्डारी, केन्द्रीय सदस्य तैयव हुसैन, भगवती चौधरी, लक्ष्मी गौतम, मन्जु भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य डीबी साह शंकरको उपस्थिति थियोे ।
सोही बैठकमा प्रदेश कमिटी सदस्यहरु विजय राई, प्रमोद शेर्पा, रामप्रसाद मेहता, राजकुमार गिरी, कालुराम गुरुङ, उमेश थापा, राजेन्द्र कार्की, प्रदीप चौधरी, योग्यराज खड्का, अजयकुमार कुसियैत, माया पोखरेल, लस्करी अन्सारी, दुखिलाल चौधरीको पनि उपस्थिति थियो ।

Leave a Reply