काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसामा विज्ञापन छाप्नमात्र गुजरात सरकारले करिब ९ करोड भारु खर्च गरेको पाइएको छ । बीबीसी गुजराती सेवाले सूचनाको हक प्रयोग गर्दै बाहिर ल्याएको विवरणमा प्रिन्ट, इलेक्ट्रोनिक,डिजिटल तथा सामाजिक सञ्जालजस्ता मिडियामा मोदीलाई बधाई दिनका लागि राज्य कोषबाट ८ करोड ८१ लाख १ हजार ९४१ भारु खर्च भएको उल्लेख छ । गत वर्ष अक्टोबर ७ तारिखमा गुजरात सरकारले सो विज्ञापन गरेको थियो ।
बीबीसीका अनुसार सफल नेतृत्व और सक्षम नेतृत्व के २३ वर्ष शीर्षकमा नरेन्द्र मोदीको फोटो राखेर बधाई दिइएको थियो । गुजरातको मुख्यमन्त्रीदेखि देशको प्रधानमन्त्रीसम्मको पदमा २३ वर्ष सफल बनेको उपलक्ष्यमा सो विज्ञापन गरिएको उल्लेख छ ।
आलोचकहरूले यसलाई राज्यकोषको चरम दोहन भनेका छन् । सामान्य त ५ वर्ष,१० वर्ष वा रजत वर्षजस्ता सन्दर्भमा उत्सव मनाइन्छ । मोदीको सार्वजनिक पद धारणको २३ वर्ष पूरा भएको सन्दर्भमा सो विज्ञापन गरिएको हो ।


Leave a Reply