काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले दमकडा नमुना माध्यमिक विद्यालय पाल्पाकी छात्रा ओजस्वी आचार्यलाई लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ घोषणा छ ।
सशस्त्रले यस वर्षलाई लागूऔषध दुर्ब्यसनी तथा ओसापसार विरुद्धको वर्षको रुपमा मनाएको अवसरमा दमकडा नमुना माध्यमिक विद्यालय तानसेना पाल्पामा कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यलाई संगठनको लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’को घोषणा गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौँ वार्षिकोत्सवको अवसरमा ‘लागूऔषधको दुर्ब्यसनी त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्याार्थीको भूमिका’ विषयमा प्रदेशस्थित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । जसमा लुम्बिनी प्रदेशका ७२ विद्यालयका ३६ छात्र र ८० छात्रा गरी १ सय १६ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
प्रविधिको माध्यमबाट भएको प्रतियोगितामा प्राप्त भिडियोमध्ये प्राध्यापक तथा विज्ञहरुको निर्णायक मण्डलद्वारा ३ सय पुर्णाङ्क राखेर प्रथम, द्वितीय र तृतीय छुट्याइको थियो । प्रतियोगितामा ओजस्वी आचार्य प्रथम भएकी थिइन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र ७ गते शनिबार बाहिनीको वार्षिकोत्सको अवसरमा उनलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए । उनले सो अवसरमा आचार्यलाई सशस्त्र प्रहरी बल नेपालको लागूपदार्थ दुव्र्यसनी तथा ओसारपसारको विरुद्धको अभियानमा ‘जागरण दुत’को रुपमा सम्मान ग्रहरण गर्न अनुरोध गरेका थिए ।
महानिरीक्षक अर्यालले उनीसँगै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार जित्न सफल क्रमसः नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा मधुवन, बर्दियामा कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई, नेपाल एपीएफ स्कूल कोहलपुर, बाँकेमा कक्षा ८ मा अध्ययनरत छात्रा परी केसी र रिभर क्वीन्स स्कुल बर्दियामा कक्षा ६ मा अध्ययनरत छात्रा सुभेक्षा खड्कालाई समेत नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।

Leave a Reply