रमेश प्रसाईको आरोप: केपी ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरे

डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरेको आरोप लगाएका छन् ।

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथी राजनीतिक प्रतिसोध साँधिएको भन्दै त्यसका बिरुद्ध हस्ताक्षर संकलन गर्ने क्रममा डोटी पुगेका प्रसाईले उक्त आरोप लगाएका हुन् ।

‘कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर नाटक गरे,’ प्रसाईले भने, ‘त्यो नाटक रहेछ भन्ने कुरा कतिखेर थाह पाईयो भने पोहर दशैंमा सरकारले नयाँ नोट छापेन ।’ नयाँ नोट छापेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा राख्नुपर्छ भनेरनै नयाँ नोट नछापेको उनको आरोप थियो ।

यस पटकको भारत भ्रमणका बेला पनि प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर कुरा गर्ने सम्भावना नभएको प्रसाईले वताए । बरु भारतले कुत्ता उपहार पठाएको हल्ला चलिरहेको छ हाम्रा प्रधानमन्त्रीलाई भन्दै उनले व्यङ्ग्य गरे ।

रवि लामिछाने साधारण पत्रकार हुँदा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा तथ्य प्रमाण सहित टेलिभिजनबाट कुरा उठाएको उनको दावी छ । उनले परिवर्तनका लागि रास्वपामा आवद्ध हुन आव्हान गरे। एक बिवाहित जोडीको झगडाको कथा सुनाउँदै उनले भने ‘हामी पाँच बर्षसम्म पुराना दलहरुलाई गाली गर्छौं तर चुनावमा तिनैलाई भोट हाल्छौँ, अनि परिवर्तन कसरी हुन्छ ?’

रवि लामिछोनमाथी राजनीतिक प्रतिसोध साँधिएको भन्दै प्रसाईले यस अन्यायका बिरुद्ध एक हस्ताक्षर गर्न आग्रह गरे । एमालेले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख मत ल्याएर पहिलो पार्टी भएको हो । आज हाम्रो अभियानमा ३४ लाखले हस्ताक्षर गरिसकेका छन् । यसले पनि रविमाथी राजनीतिक प्रतिसोध साँधिएको हो भन्ने पुष्टि गरेको उनको भनाई छ।

उनले रास्वपा नेता कार्यकर्ताहरुले मात्रै नभएर अन्य दलका नेता कार्यकर्ताहरुले समेत रविमाथी अन्याय भएको आरोप लगाईरहेका वताए ।

‘कांग्रेसका नेता डा। शेखर कोईराला र माओवादी अध्यक्ष प्रचण्डले रविमाथी राजनीतिक प्रतिसोध साँधिएको हो भन्दै हुनुहुन्छ’, उनले भने ‘उनीहरुका स्थानीय नेता कार्यकर्ताहरुले हस्ताक्षर अभियानमा सहयोग गरिरहेका छन् ।’

अहिलेसम्म कुनै प्रमाण नभेटिएपनि सरकारले रविलाई प्रतिसोधपूर्ण रुपमा थुनामा राखिरहेको आरोप उनको थियो । देशभरीका सहकारी संस्थाहरुमा ८८ अर्व वरावरको ठगी भएको र ठगीमा अन्य दलका नेताहरु समेत संलग्न रहेको दावी गर्दे उनले रविमाथी मात्रै किन थुनियो भन्दै उनले प्रश्न गरे ।

‘रविमाथी कानुनको दुरुपयोग गरेर झुट्टा मुद्धा लगार्ईएको छ, यो राजनीतिक प्रतिसोध हो’ उनले भने ‘यदि साँच्चै सहकारी पीडितहरुप्रति सरकारले चिन्ता गरेको भए जिवि राईको नाममा काठमाण्डौं र पोखरामा रहेको एक सय रोपनी जग्गा कव्जा गरेर उनीहरुको पैसा फिर्ता गर्न सकिन्थ्यो ।’

अदालतप्रति पनि व्यङ्ग्य

सम्वोदनका क्रममा सह–प्रवक्ता प्रसाईले अदालतको बिषयमा बोल्नै नमिल्ने भन्दै अदालतवारे छोटो व्यङ्ग्य गरेका थिए ।

‘म अदालतको बिषयमा केही बोल्दनँ, किनभने अदालतको बिषयमा बोल्नै मिल्दैन’, उनले भने ‘अदालतबाट मान्छेलाई ईटा भट्टामा पोलिदिने आफ्ताव आलम छुट्छ, तर अदालतको वारेमा बोल्न हुँदैन ।’ उनले थपे ‘अदालतमा न्यायाधिशहरु नियूक्त हुँदा कुन पार्टीको भागमा कुन न्यायाधिश नियुक्त भयो भन्ने छ्यापछ्याप्ती समाचार आउँछ तर पनि अदालतवारे बोल्नु केही हुँदैन है।’

Comments

2 responses to “रमेश प्रसाईको आरोप: केपी ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरे”

  1. ksp pyl Avatar
    ksp pyl

    दक्षिणले खरिद गरेछ कि क्या हो ? चुच्चे नक्साको अगुवा ओलि भए पनि सदनले एक मतले पास गरेको यी मनुवालाई हेक्का रहेनछ कि क्या हो ? पार्टी नै गाली मात्र गर्न खोलेकाले यस्का कार्यकर्ताले जान्ने भनेको यहि त हो ।

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Yo muji ko aakha matra hoina dimaj pani banda xa.
    Oli ko tei natak mathi afule geet gaya vayana??

Leave a Reply

Your email address will not be published. Required fields are marked *