काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि देशमा विकास निर्माणले तीव्रता पाएको दाबी गरेका छन्।
शनिवार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा देश ओरालो अवस्थामा लागेको भए पनि ओली प्रधानमन्त्री बनेपछि देश अगाडि बढिरहेको जिकिर गरे।
उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक कर्मचारीले तलब नपाउने अवस्था थियो। राजस्व घटिरहेको थियो। निर्माण व्यवसायीले काम गरेको भुक्तानी नपाउने अवस्था थियो। उद्योग व्यवसाय बन्द हुने अवस्थामा थियो। देश आर्थिक मन्दी र संकटको अवस्थामा थियो। तर अहिले यो सरकार बनेपछि राजस्व बढेको छ, सरकारको खर्च गर्ने क्षमता बढेको छ। शिक्षक कर्मचारीले तलबको चिन्ता गर्नुपर्ने अवस्था छैन।’
उनले कांग्रेस र एमालेले अघि सारेको नीतिकै कारणले देशको निजी क्षेत्र उत्साहित भएको र देशमा लगानीको वातावरण बनेको जिकिर गरे।

Leave a Reply