दाङ । सल्यानमा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झंखानीका ५७ वर्षीय दयनबहादुर खत्रीको आफ्नै घरको बार्दलीबाट लडेर मृत्यु भएको जिप्रका सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
गए राति करिब १ बजेतिर बार्दलीबाट लडेर अचेत भएका खत्रीलाई उपचारका लागि श्रीनगरस्थित कर्णाली अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा दयनबहादुरको आज बिहान ४ः२० बजे समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply